दफा १४८
संरक्षकत्वको समाप्ति

(१) देहायको अवस्थामा संरक्षकत्व समाप्त भएको मानिनेछ :–
(क) संरक्षकले आफू संरक्षक हुन नसक्ने भनी दिएको निवेदन अदालतबाट स्वीकृत भएमा,
(ख) संरक्षक वा संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको मृत्यु भएमा,
(ग) असक्षम वा अर्धसक्षम व्यक्ति सक्षम भएमा,
(घ) संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको अनुरोधमा अदालतले संरक्षकलाई हटाएमा ।
(२) उपदफा (१) बमोजिम संरक्षकत्व समाप्ति भएमा र संरक्षक हुने तथा संरक्षकत्वमा रहने व्यक्ति जीवित भएमा निजले नैअर्को संरक्षक नतोकिएसम्म आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको पालनपोषण तथा हेरविचार गर्नुपर्नेछ ।
(३) उपदफा (१) बमोजिम संरक्षकत्व समाप्ति भएमा त्यसरी संरक्षकत्व समाप्ति भएकोमितिदेखि अर्को संरक्षक नतोकिएसम्म यसपरिच्छेद बमोजिम संरक्षकले गर्नु पर्ने कुनै कानूनी कारबाहीको हदम्याद, म्याद वा तारेख गुज्रेको मानिने छैन ।